काठमाडौं । आज नेप्से परिसूचक १२ दशमलव ५० अंकले घटेर २,५९४ को विन्दुमा कायम भएको छ । आज ५६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एसवाई प्यानलका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । एनएमबि माइक्रोफाइनान्सका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।


















