काठमाडौं । आज नेप्से परिसूचक १ दशमलव ६६ अंकले घटेर २,६०७ को विन्दुमा कायम भएको छ । आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एसवाई प्यानलका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । एसबिएल डिबेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् ।


















