काठमाडौं । आज नेप्से परिसूचक ४ दशमलव ८२ अ.कले घटेर २,५९८ को विन्दुमा कायम भएको छ । आज १०९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ३७ प्रतिशतका दरले कमाएका हुन् । सयपत्री हाइड्रोका लगानीकर्ताले ८ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोका लगानीकर्ताले ७ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् ।













