काठमाडौं । आज नेप्से परिसूचक ९ दशमलव ६२ अंकले घटेर २,६०३ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ९ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् । सयपत्रि हाइड्रोका लगानीकर्ताले ६ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई बैंक डिबेञ्चरका इकाईधनीले ६ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् ।













