काठमाडौं । आज नेप्से परिसूचक ११ दशमलव ७७ अंकले बढेर २,६२९ को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल ल्युब आयलका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १२ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । सोनापुर मिनरल्सका लगानीकर्ताले ७ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् । कुमारी सबल योजनाका इकाईधनीले ७ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।













