काठमाडौं । आज नेप्से परिसूचक ३६ दशमलव २५ अंकले घटेर २,६१८ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २५३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । सीवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ५ दशमलव ४४ प्रतिशतका दरले कमाएका छन् । निफ्रा ग्रिन इनर्जीका इकाईधनीले ५ प्रतिशतका दरले कमाएका हुन् ।













