काठमाडौं । आज नेप्से परिसूचक १५ दशमलव ४३ अंकले घटेर २,५४५ को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १९२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । शुभम् पावरका लगानीकर्ताले ६ दशमलव ४० प्रतिशतका दरले कमाउका छन् । सिभिल बैंक डिबेञ्चरका इकाईधनीले ५ दशमलव ९४ प्रतिशतका दरले कमाएका हुन् । बराही हाइड्रोका लगानीकर्ताले ५ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् ।













