काठमाडौं । आज नेप्से परिसूचक १८ दशमलव ०७ अंकले बढेर २,५६० को विन्दुमा कायम भएको छ । आज १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । गणपति लघुवित्तका लगानीकर्ताले ७ दशलमव ३५ प्रतिशतका दरले कमाएका छन् । श्रीनगर एग्रिटेकका लगानकिर्ताले ६ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् ।













