काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३१ दशलमव ५० अंकले घटेर २,९२२ को विन्दुमा कायम भएको छ । आज ५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ट्रेड टावर कम्पनी र नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । कर्पोरेट डभेलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।


















