काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २१ दशलमव ६३ अंकले घटेर २,७१४ को विन्दुमा कायम भएको छ । आज ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै समुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीले ८ दशलमव १९ प्रतिशतका दरले कमाएका छन् । विशाल बजार कम्पनीका लगानीकर्ताले ५ दशलमव ३४ प्रतिशतका दरले कमाएका छन् । आरएसडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ दशलमव ३४ प्रतिशतका दरले कमाएका छन् ।