काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३२ दशलमव ९३ अंकले घटेर २५९५ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ दशमलव ६० प्रतिशतका दरले कमाएका हुन् । एनआइसी एशिया बैंक डिबेञ्चरका इकाईधनीले ३ दशमलव ४० प्रतिशतका दरले कमाएका हुन् ।


















