IME Life New
GBIME

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा बीमकको सञ्चालकलाई छैन प्रशिक्षण

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमकको सबै तहबाट सम्पत्ती शुद्धीकरणको जोखिम न्यूनीकरणका लागि बीमकको कर्मचारीका लागि मात्र नभएर सञ्चालकले समेत सम्पत्ति शुद्धीकरण निवारण (एएमएल/सीएफटी) सम्बन्धी तालिम लिनुपर्छ।

नेपाल बीमा प्राधिकरणले बीमकको कुल चुक्तापुँजीको १ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका शेयरधनी र सञ्चालकका लागि एएमएल/सीएफटीसम्बन्धी तालिम दिन निर्देशन दिए पनि कार्यान्वनयमा आएको छैन। अधिकांश बीमकले सञ्चालकका लागि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेका छैनन्।

Crest

आधारभूत शेयरधनी तथा सञ्चालकलाई प्रशिक्षण दिनुपर्ने प्राधिकरणले २०८१ माघ १० गतेको एएमएल/सीएफटीसम्बन्धी परिपत्रमार्फत दिएको निर्देशनको पालना नभएको हो। परिपत्रमा प्राधिकरणले चुक्तापुँजीको १ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका शेयरधनी, सञ्चालक तथा उच्च व्यवस्थापकलाई एएमएल/सीएफटी ज्ञान आदान–प्रदान कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ।

सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण (एएमएल/सीएफटी)का लागि नेपाल सरकारले पर्याप्त गम्भीरता नदेखाएको भन्दै अहिले नेपाललाई नै खराब सूची (ग्रे लिस्ट)मा राखिएको अवस्था छ। इन्टरनेसनल फाइनान्सियल टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिरिनका लागि समय सीमा तोकेको छ। तोकिएको अवधिभित्र सरकारले नीतिगत सुधारका साथै सूचकहरुमा उल्लेख्य सुधार गर्नुपर्ने चुनौती छ।

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS