IME Life New
GBIME

नयाँ वर्षमा बीमा दोकानले ल्यायो आकर्षक अफर, सानो रकमले ठुलो आर्थिक रक्षावरण हुने

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा दोकानले नयाँ वर्ष २०८२ सालको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ । बीमा दोकानले आम बीमितहरुको हितलाई मध्यनजर गर्दै नयाँ वर्षको अवसर पारेर क्यासब्याक अफर ल्याएको हो । बीमा दोकानले बीमा क्षेत्रमै पहिलो पटक यस्तो किसिमको क्यास ब्याक हुने अफर ल्याएको हो।

यस योजनामा १८ वटा घातक रोगहरूको रक्षावरणसॅंगै पोलिसी म्याचुरिटि पछि पनि १०० बर्ष सम्मको मृत्युलाभसॅंगै ५ लाख बराबरको स्वास्थ्य बीमा सहित अन्य थुप्रै अत्याबस्यक सुबिधाहरू रहेको जनाइएको छ।

Crest

साथै, ३५ बर्षको ब्यक्तिको लागि ५० लाखको जिवनसॅंगै ५ लाखको स्वास्थ्य बीमा सुविधा पाइनेछ । जसमा १ लाख ५७ हजार १५८ रुपैयाँ मात्रै बीमाशुल्क लाग्नेछ । तर यो रकम उमेर अनुसार फरक पर्नेछ।

यस योजनाको सुविधा लिनको लागि बैशाख १ गतेदेखि १० गत भित्र फाईनल गरिसक्नु पर्नेछ । यो योजना नेपाली नयाँ बर्षलाई लक्षित गरेर देशभरिबाट ८२ जनाले मात्र पुर्ण लाभ उठाउन पाउने गरी ल्याइएको योजना हो ।

यस योजना अन्तर्गत ८२ जनाले मात्रै १ लाख ५७ हजार १५८ रुपैयाँमा ५० लाखको जिवनसॅंगै ५ लाखको स्वास्थ्य बीमा सेवा पाउनेछन भने त्यसमा पोलिसी जारी भएको मितिले १० दिन भित्र पोलिसी लिने ब्यक्तिको बैंक खातामा बीमा किस्ता रकमको १० प्रतिशत हुन आउने रकम फिर्ता समेत पाउनेछन् ।

यस योजनाका केहि शर्तहरू पनि रहेका छन् । जसमाः बीमा गर्दा आउने किस्ता रकमको १० प्रतिशत रकम तत्कालै जम्मा गर्नुपर्नेछ । ३७ दिन भित्र बाँकि रहेको ९० प्रतिशत रकम पनि जम्मा गरिसक्नु पर्नेछ।

बीमा दोकानको एक मात्र उद्देश्य गॉंस, बास र कपास पछिको चौथो अत्याबस्यक चिजको रूपमा बीमालाई पुर्याउनु हो। यो योजना अन्तर्गत सहभागि भएर पोलिसी लिनको लागि बीमा दोकानमा सम्पर्क गर्न आग्रह गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS