IME Life New

यी माध्यमबाट बढाउन सकिन्छ बीमा साक्षरता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समावेशीकरणको एउटा अभिन्न अंगका रुपमा बीमा साक्षरता रहेको छ। बीमा साक्षरता र समावेशीलाई आर्थिक वृद्धि तथा गरिबी निवारणको महत्वपूर्ण आधार मानिएका छन्।

विशेषगरी नेपालका दुर्गम ग्रामीण क्षेत्रहरुमा अझै पनि बीमा पहुँच सहज बनेको छैन। यसका लागि नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरुले साक्षरता अभियानहरु चलाउँदै आएका पनि छन्। बीमा पहुँच न्यून आय भएका वर्गका जनतासम्म पुर्याउन लघुबीमा व्यवसाय प्रवर्द्धन गर्नेलगायतका काम पनि भएका छन्।

Esewa
Crest

बीमा प्राधिकरणले हालै बीमा साक्षरता रुपरेखा, २०८३ को मस्यौदा तयार गरेको छ। यसमा सरोकारवाला निकायहरुबाट प्राधिकरण रायसुझाव पनि माग गरेको छ।

मस्यौदामा विभिन्न माध्यमबाट बीमा साक्षरता सञ्चालन गर्न सकिने किटान गरिएको छ। यसको वितरणका माध्यमका रुपमा औपचारिक शैक्षिक पाठ्यक्रम, सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म, परम्परागत तथा आमसञ्चारका माध्यम, संस्थागत वितरण माध्यम र साझेदारी वितरण माध्यम तय गरिएका छन्।

वितरण माध्यम र औचित्य

औपचारिक शैक्षिक पाठ्यक्रमः विद्यालय तथा विश्वविद्यालयका विभिन्न तहका पाठ्यक्रम, पाठ्यपुस्तक र अतिरिक्त शैक्षिक क्रियाकलापहरुमा बीमा, जोखिम व्यवस्थापन र वित्तीय योजनाका विषयहरु समावेश गरी विद्यार्थीलाई सुरुआती चरणदेखि नै बीमाप्रति सचेत र जानकार बनाउन सकिन्छ। यस माध्यमले भविष्यको पुस्तामा सकारात्मक बीमा मनोवृत्ति निर्माण गर्न सहयोग गर्दछ।

सामाजिक सञ्जाल तथा डिजिटल माध्यमः डिजिटल माध्यम द्रुत गतिमा वितरण हुने हुँदा नेपाल बीमा प्राधिकरण, बीमक तथा मध्यस्थकर्ता (अभिकर्ता)मार्फत फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जाल, मोबाइल एप र अनलाइन पोर्टलहरुमार्फत नेपाली तथा स्थानीय भाषामा भिडियो, इन्फोग्राफिक्स र जनेचतनामूलक सामग्री प्रसारण गर्न सकिन्छ। यसले तीव्र रुपमा बीम चेतना फैलाउन सकिन्छ।

परम्परागत तथा आमसञ्चार माध्यमः डिजिटल पहुँच कम भएका दुर्गम, ग्रामीण र पिछडिएका क्षेत्रका नागरिका लागि परम्परागत आमसञ्चार माध्यमहरु अत्यन्तै भरपर्दा च्यानल हुने गर्दछन्। राष्ट्रिय तथा स्थानीय पत्रपत्रिका, रेडियो, एफएम, टेलिभिजन र सडक नाटकजस्ता माध्यमहरुबाट पनि स्थानीय भाषामा बीमाका फाइदा र दाबी प्रक्रियाबारे सचेतना कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ। यसले ग्रामीण तहमा बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्न सहयोग पुर्याउँछ।

संस्थागत वितरण माध्यमः बीमा क्षेत्रका संस्थागत वितरण माध्यममध्ये नेपाली बीमा प्राधिकरण, बीमक तथा अन्य बीमा क्षेत्रसँग सम्बन्धित संस्थाहरुमार्फत बीमा साक्षरता कार्यक्रम गर्न सकिन्छ। बीमकहरुले आफ्ना शाखा कार्यालयहरुमार्फत ग्राहक अन्तर्क्रिया कार्यक्रम गर्ने, बीमा दाबी प्रक्रियाको जानकारी दिने र अन्य संस्थाहरुको गाउँ–गाउँमा उपस्थिति तथा बीमा साक्षरता सामग्रीहरु परिचालन गरी प्रत्यक्ष रुपमा बीमा ज्ञान वितरण गर्न सकिन्छ।

साझेदारी वितरण माध्यमः बीमाको पहुँच तल्लो तहसम्म पुर्याउन र वित्तीय समावेशीकरण सुनिश्चित गर्न स्थानीय सरकार, सामुदायिक संस्थाहरुसँगको साझेदारी महत्वपूर्ण माध्यम हुन सक्छ। स्थानीय तहमार्फत अनौपचारिक क्षेत्रका श्रमिक, महिला समूह, कृषि सहकारी र जोखिममा रहेका सीमान्तकृत समुदायहरुलाई लक्षित गरी अभिमुखीकरण, अन्तर्क्रिया र तालिम कार्यक्रमहरु आयोजना गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS