IME Life New

इन्स्योरेन्स इन्स्टिच्युटले ल्यायो ‘सर्टिफाई’ कार्यक्रम, अनलाइनबाट जुनसुकै बेला पढ्न सकिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले मुद्रा निर्मलीकरण निवारण विषयमा डिजिटल तालिम कार्यक्रम ‘सर्टिफाई’ ल्याएको छ।

इन्स्टिच्युटले बीमा र बैंक तथा वित्तीय संस्था क्षेत्रका लागि अनिवार्य मानिएको सम्पत्ती शुद्धिकरण निवारण सम्बन्धमा प्रशिक्षण दिने ‘एएमएल सिएफटी सर्टिफिकेशन’ पाठ्यक्रम लागू गरेको हो ।

Crest

इन्स्टिच्युटका अनुसार,यो डिजिटल पाठ्यक्रमले निरन्तर परिवर्तनशील सम्पत्ती शुद्धिकरण निवारण र आतंकवादमा वित्तीय लगानी नियन्त्रणको सम्बन्धमा विद्यमान कानूनी प्रावधानको गहिरो बुझाइ सुनिश्चित गर्नेछ।

प्रति सहभागि रू. ४ हजार रूपैयाँ शुल्क निर्धारण गरिएको यो पाठ्यक्रम पुरा गरेपछि सहभागिले अभाैतिक प्रमाण पत्र समेत प्राप्त गर्नेछन् ।

इन्स्टिच्युटले यो पाठ्यक्रमका लागि लक्षित गरेको वर्गः

  • जीवन बीमक, निर्जीवन बीमक र लघु बीमक समेतका कर्मचारी
  • ग्राहक ल्याउने, सञ्चालन गर्ने, जोखिम व्यवस्थापन गर्ने कार्यसँग सम्बन्धित पेशाकर्मीका साथै बीमा दलाल र अभिकर्ता
  • बीमा क्षेत्रमा कार्यरत कानून व्यवसायी तथा लेखा परिक्षक
  • सम्पत्ती शुद्धिकरण निवारण सम्बन्धमा आफ्नो बुझाईलाई अझै फराकिलो र वृहद बनाउन चाहने व्यक्ति, जागिरका आकांक्षी र कार्यरत जनशक्ति

इन्स्टिच्टयुटका अनुसार, डिजिटल प्लेटफर्ममार्फत उपलब्ध भएकाले यो पाठ्यक्रम जुनसुकै बेला, जहाँ सुकैबाट अध्ययन गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS