IME Life New

फुङलिङ नगरपालिकामा बीमा समिति, स्थानीय तहको पाठ्यक्रममा बीमाको विषयवस्तु समावेशका लागि सहयोग माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिकी उप निर्देशक पुनम ज्ञवाली श्रेष्ठको संयोजकत्वमा सम्पन्न यस कार्यक्रममा प्रमुख अतिधिको रुपमा फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल, उमपेयर बम बहादुर भट्टराई, उद्योग बाणिज्य महासंघ ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरे, बीमा समितिका सहायक निर्देशक विनोद कुमार पोख्रेल तथा सहायक प्रथम टेकराज पाण्डे, स्थानीय व्यवसायी, शिक्षक, स्थानीय तहमा रहेका बैंक बीमा कम्पनीका कर्मचारी, स्थानीय सर्वसाधाण लगायत ९५ जना भन्दा धेरैको उपस्थिति थियो ।

Esewa
Crest

मेयर प्याकुरेलले जनप्रतिनिधिहरुले कार्यकालको उत्तरार्धमा आएको भन्दै आगामी दिनमा पनि बीमा समितिलाई यस्तो कार्यक्रमको निरन्तरताको अनुरोध गरेका छन् । उनले नगरपालिकाले बीमालाई आफ्नो सेवामा आवद्ध गर्न तयार रहेको प्रतिवद्धता समेत व्यक्त गरेका छन् । ताप्लेजुङ जिल्लामा पाठ्यक्रम संसोधन हुन लागेको भन्दै मेयर प्याकुरेलले उक्त पाठ्यक्रममा बीमा सम्बन्धी पाठ्यसामाग्री उपलब्ध गरिदिन र आवस्यक समन्वय गरिदिन समेत अनुरोध गरेका छन् ।

कार्यक्रममा उपमेयर भट्टराईले यस क्षेत्रमा कृषि तथा पशुपन्छी बीमाको धेरै सम्भावना रहेको हुँदा यस क्षेत्रमा आएर बीमा गरिदिन अनुरोध गरेका थिए । कार्यक्रममा सहभागीहरुले कृषि बीमामा धेरै नै समस्या भएको भन्दै समाधान गरिदिन अनुरोध गरेका छन् । बीमा कम्पनीहरुले समयमा दाबी भुक्तानी नदिदा हैरानी बेहोर्नु परेको भन्दै उनिहरुले सरल र सहज तरिकाबाट दाबी भुक्तानीका लागि पहल गर्नसमेत आग्रह गरेका छन् ।

बीमा कम्पनीहरुले इलाम जिल्लाको सदरमुकाममा मात्रै भएकोले बीमा गर्नका लागि कि त बीमा कम्पनी त्याही पुग्नु पर्ने यात बीमित आफै सदरमुकाममै पुग्नु पर्ने बाध्यताले बीमा गराउन समस्या भएको भन्दै यसका लागि पनि पहल गरिदिन उनिहरुले अनुरोध गरेका छन् । स्थानीय तहमा रहेका कृषि प्राविधिकहरु समयमा मूल्याङ्कन नगरिदिदा यस क्षेत्रका बीमितले समस्या भोगिरहेको पाइएको छ । बोयर बोका र पशु बीमाको बीमाङ्क रकम बढाइदिन समेत उनिहरुले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS