काठमाडौं । सार्वजनिक तथा नीजि सवारी साधनको आयकर मिनाह हुने भएको छ । नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयनको लागि बनेको विधेकमा यस्तो बताइएको हो ।
२० वर्षभन्दा पुरानो वा सञ्चालनमा आउन नसक्ने सार्वजनिक वा नीजि सवारी साधनको लगत कट्टा गर्ने प्रयोजनको लागि आर्थिक वर्ष २०८१/ ८२ र २०८२/ ८३ को आयकर संवत २०८२ साल पुस मसान्तभित्र बुझाइएमा आर्थिक वर्ष २०८१ /८२ को भन्दा अघिको आयकर तथा ब्याज छुट हुनेछ ।

















