काठमाडौं । बैंकिङ प्रणालीबाट एकैदिन २० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ। बैंकहरुको कर्जा लगानी पनि २० अर्ब रुपैयाँले नै घटेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैशाख २ गते एकैदिन निक्षेप र कर्जा लगानी २०–२० अर्ब रुपैयाँले घटेको हो। वैशाख २ मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप घटेर ६८ खर्ब ३६ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६८ अर्ब ५६ रुपैयाँ थियो।
यसैगरी वैशाख २ मा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी घटेर ५५ खर्ब १२ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५५ खर्ब ३२ अर्ब रुपैयाँ थियो।
वैशाख २ गते बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो घटेर ७९.४२ प्रतिशत कायम भएको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ७९.४७ प्रतिशत थियो।
अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।

















