काठमाडौं । मंगलबार नेप्से परिसूचक परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० विन्दुमा पुगेर बन्द भएको छ । २० अर्ब ८ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट २ अर्ब ३८ करोड १२ लाखको कारोबार भएको छ जसमा १ अर्ब २४ करोड ६ लाखको खरिद भएको छ भने १ अर्ब १४ करोड ५ लाखको विक्री भएको छ ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४२ बाट ८९ करोड ८३ लाखको खरिद भएको छ भने ८१ करोड ४८ लाखको विक्री भएको छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले विक्री धेरै गरेका छन्।


















