काठमाडौं । आर्थिक वर्ष २०८१/ ८२ को चैत महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब २६ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले यस अवधिसम्ममा १ करोड ३५ लाख ३९ हजार ५१० वटा बमिा पोलिसी बिक्री गरी १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ३३ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफले १५ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले १४ अर्ब ३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, हिमालयन लाइफले १२ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ७ अर्ब ६५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ६ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
सिटिजन लाइफले ५ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ४ अर्ब ८४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ४ अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले ३ अर्ब ७७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ३ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

















