काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको कात्तिकमा ३ करोड रुपैयाँ बढीको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले कात्तिकमा ६७ वटा दाबीको भुक्तानी गरेको हो। जसअनुसार कम्पनीले ती दाबीको ३ करोड १ लाख रुपैयाँ भुक्तानी गरेको छ।
कात्तिकको कुल दाबी भुक्तानीमा वैदेशिक रोजगार बीमाको हिस्सा धेरै रहेको छ। यो बीमाको कम्पनीले १५ वटा दाबीको १ करोड ७६ लाख ५ हजार ५२० रुपैयाँ भुक्तानी गरेको छ।
यसैगरी परम्परागत बीमाको १० वटा दाबीको कम्पनीले ६१ लाख ३५ हजार ५१२.५४ रुपैयाँ भुक्तानी गरेको छ।
कम्पनी म्यादी बीमाको ४२ वटा दाबीको ६४ लाख २५ हजार ३७६ रुपैयाँ भुक्तानी गरेको छ।


















