IME Life New

बीमा विस्तारका लागि भारतको एक्सिस म्याक्स लाइफमा आइएफसीको रू साढे ४ अर्ब लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले भारतीय जीवन बीमक, एक्सिस म्याक्स लाइफको सोल्भेन्सी मार्जिनलाई समर्थन गर्न दीर्घकालीन ऋण उपकरणहरू मार्फत २ अर्ब ८५ करोड भारतीय रूपैयाँ (३३ मिलियन अमेरिकी डलर)  लगानी गरेको छ। यो रकम हालको विनियम दर अनुसार ४ अर्ब ६७ करोड २८ लाख रूपैयाँ भन्दा बढी हो।

प्रेस विज्ञप्ती अनुसार, एक्सिस म्याक्स लाइफले यो रकम जीवन बीमा व्यवसाय विस्तारमा पनि प्रयोग गर्नेछ। भारतमा इजाजतपत्र प्राप्त जीवन बीमा कम्पनीमा आइएफसीको यो पहिलो लगानी हो।

Esewa
Crest

एक्सिस म्याक्स लाइफसँग आइएफसीको रणनीतिक साझेदारीले सेवाबाट वञ्चित समुदायहरू, विशेष गरी महिलाहरूमा बीमा सेवाको पहुँच सहज बनाउने उद्देश्य राखेको छ। यसले जीवन बीमकको दीर्घकालीन बिस्तारलाई पनि बलियो बनाउनेछ ।

गत अार्थिक वर्ष २०२४ २५ मा भारतीय जीवन बीमा बजारमा प्रथम बीमाशुल्क अाम्दानीको हिसाबले भारतीय जीवन बीमा बजारमा यो बीमकको हिस्सा ७.१ प्रतिशत थियो। चालू अार्थिक वर्ष २०२५ २६ को पहिलो ६ महिनामा बजार हिस्सामा उल्लेखीय वृद्धि भएर १०.१ प्रतिशत पुगेको छ।

रेटिङ एजेन्सी इक्राले गरेको वित्तीय क्षमता मूल्याङ्कन अन्तर्गत अधिनस्थ ऋण कार्यक्रम (Subordinated debt programme) का लागि इक्रा डबल ए प्लस(स्थिर) रेटिङको पुनः समर्थन गरिएको छ। एक्सिस म्याक्स लाइफले १ अर्ब ७९ करोड ६० लाख भारतीय रूपैयाँ बराबरको ऋण कार्यक्रमका लागि यो मूल्याङ्कन गराएको थियो।

गत अप्रिल २०२४ मा १६ अर्ब १२ करोड भारतीय रुपैयाँ थप पूँजी लगानी पछि जुन ३०, २०२५ मा यसको सोल्भेन्सी अनुपात १.९९ गुणा कायम भएको थियो। सोल्भेन्सी अनुपातले वित्तीय दायीत्वको तुलनामा तत्काल उपलब्ध तरल सम्पत्तीको अनुपातलाई जनाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS