काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ५.९९ अंकले घटेर २६४०.९६ को विन्दुमा बन्द भएको हो।
नेप्सेमा उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेको छ। सर्वाधिक बढोत्तरी जलविद्युत समूहमा १.१३ प्रतिशतको देखिएको छ भने सर्वाधिक गिरावट उत्पादन तथा प्रशोधन समूहमा १.०४ प्रतिशतको देखिएको छ।
आज बजारमा ९४ कम्पनीको शेयरभाउ बढेको छ। १५३ वटा कम्पनीको शेयरभाउ घट्दा एउटाको स्थिर रहेको छ।
बजारमा आज करिब ८ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- राधी विद्युतः ९१ करोड २३ लाख रुपैयाँ
- युनिभर्सल पावरः ६४ करोड ३७ लाख रुपैयाँ
- बुटवल पावरः ४९ करोड ५५ लाख रुपैयाँ
- ङादी ग्रुपः ४३ करोड ३५ लाख रुपैयाँ
- अरुण काबेली पावरः २९ करोड ३ लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः २० करोड २५ लाख रुपैयाँ
- सप्तकोशी डेभलपमेन्ट बैंकः १९ करोड ९२ लाख रुपैयाँ
- ओम मेगाश्रीः १७ करोड ६० लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः १७ करोड १५ लाख रुपैयाँ
- चन्द्रागिरी हिल्सः १५ करोड ९३ लाख रुपैयाँ

















