IME Life New

ज्येष्ठ नागरिकलाई जीवन बीमा कम्पनीहरुले कसरी समेट्ने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

  • निर्मलकुमार लामिछाने

ज्येष्ठ नागरिक बजार (६० वर्षभन्दा माथिका व्यक्ति) जीवन बीमा व्यवसायका लागि ठूलो अवसर हो। किनकि यस समूहको जनसंख्या दिनानु दिन बढ्दै गइरहेको छ भने उनीहरुको जीवन बीमालेख परिपक्क भईसकेको हुन्छ। लामो अवधि आर्थिक गतिविधिमा संलग्न भई उनीहरु आर्थिक तथा सामाजिक रुपमा सक्षम भइसकेका हुन्छन्। तर, उनीहरुका आवश्यकताहरु फरक हुनसकेता पनि उनीहरुको संख्यामा तीव्र रुपमा वृद्धि भइरहेको छ।

तल यस बजारसँग सम्बन्धित मुख्य पक्षहरु, रणनीतिहरु र उनीहरुलाई उपयुक्त हुने बीमालेखहरु विवरण दिइएको छ।

Esewa
Crest

ज्येष्ठ नागरिक जीवन बीमा बजार किन आकर्षक छ ?

जनसंख्या वृद्धि

  • स्वास्थ्य सेवामा सुधार र व्यक्तिको आनीबानीमा भएको परिवर्तनले वृद्धहरु जनसंख्या संसारभर बढिरहेका कारण।
  • ‘बेबी बुमर’ (६० देखि ८० वर्षको उमेर समूह) पुस्ता अहिले सेवानिवृत्तिको उमेरमा प्रवेश गरिरहेको छन् र उनीहरुसँग जम्मा भएको पुँजी तथा वित्तीय योजनाको ज्ञान यथेस्ट मात्रामा प्रयोगमा ल्याउन।

सम्पत्ति योजना र उत्तराधिकार लक्ष्य

  • धेरैजसो ज्येष्ठ नागरिक आफ्ना सन्तान वा नाति–नातिनीका लागि केही न केही वित्तीय सम्पत्ति छोड्न चाहन्छन्।
  • जीवन बीमा सम्पत्ति स्थानान्तरणको कर कटौतीयुक्त उपाय भएको हुँदा यसले सबै वर्गका लागि हित गर्दछ।

जीवन बीमाको रिक्तताबापत नयाँ सुरक्षण

  • कतिपयले सेवानिवृत्तिपछि रोजगारीसँगै पाउने जीवन बीमा गुमाएका हुन्छन्।
  • कतिले अन्तिम खर्च (जस्तै अन्त्येष्टि) वा बाँकी ऋणहरु कभर गर्न चाहन्छन्।
  • भइपरी आउने खर्च तथा उपचार खर्चका लागि सुरक्षा चाहन्छन्।

स्वास्थ्यसम्बन्धी नयाँ प्रविधि

  • अहिले धेरै बीमा कम्पनीहरुले मेडिकल परीक्षण बिना नै सजिलो प्रक्रियाबाट जीवन बीमा बिक्री गर्ने गरेका छन्। जसले वृद्धहरुलाई पनि समेट्न सकेमा यसले जीवन बीमाको इतिहासमा नयाँ आयाम सिर्जना गर्दछ।

ज्येष्ठ नागरिकका लागि लोकप्रिय बीमा उत्पादनहरु निम्न हुन सक्छ:

काजकिरिया खर्च जीवन बीमा

  • सानो रकमको बीमा (५० हजारदेखि २ लाख रुपैयाँसम्म)। जसले अन्त्येष्टि खर्च, सानो ऋण वा मेडिकल बील कभर गर्न सहयोग गर्दछ।
  • बीमाशुल्क समयसापेक्ष भएमा जीवन बीमाको सिद्धान्तबमोजिम धेरै ज्येष्ठ नागरिकलाई बीमा गराउन सकिन्छ।
  • आजीवन बीमा सुविधा प्राप्त गर्ने भएको हुँदा आर्थिक सामाजिक सुरक्षा प्राप्त गर्न सघाऊ पुर्याउँछ।
  • सम्पत्ति व्यवस्थापन गरी वृद्धावस्थामा आरामको जीवन बिताउन सहयोग पुर्याउँछ।

आजीवन जीवन बीमा

  • पुँजी व्यवस्थापन गरी बीमाको लाभ ग्यारेन्टीका साथ दिन्छ।
  • बीमितको मृत्युपछि इच्छाइएको व्यक्तिले परम्परागत रुपमा बीमितको अन्त्येष्टि गरी ऋणा भारबाट मुक्ति पाउन सहयोग गर्दछ र नोमिनीले चाहेमा बीमितको नाममा ट्रस्टहरुको स्थापना गरी बीमितको आत्मालाई पुन्य प्रदान गर्न सक्छन्।

म्यादी बीमा (सीमित उपयोग)

  • धेरैजसो ज्येष्ठ नागरिकका सन्तान विदेशमा हुन्छन्। यस्तो अवस्थामा बीमा रकमले आकस्मिक खर्चहरु धान्न सहयोग पुर्याउँछ (जस्तै– अन्त्येष्टि, स्वास्थ्य ऋण तिर्न आदि)।
  • ज्येष्ठ नागरिकको मृत्यु भएपछिको अवस्थामा परिवारलाई केही निश्चित रकम प्राप्त हुने व्यवस्था म्यादि जीवन बीमाबाट हुन्छ। यसले आर्थिक राहात दिन्छ, विशेषगरी तिनीहरुका आश्रितलाई (जस्तै– जीवनसाथी, छोरा–छोरी, नाति–नातिनी)।
  • धेरै ज्येष्ठ नागरिक अझै पनि परिवारका लागि आर्थिक रुपमा जिम्मेवार हुन्छन्। बीमाले मृत्युपछिको अवस्थाका लागि योजना बनाउने अवसर दिन्छ।

हाइब्रिड (दोहोरो) दीर्घकालीन हेरचाह + जीवन बीमा

  • दीर्घकालीन हेरचाह खर्च (जस्तै– नर्सिङहोम वा घरमा उपचार) समेट्ने लाभसहितको जीवन बीमा भएको कारण अकस्मात स्वास्थ्यमा आउने खराबीको कारण हुने खर्च व्यवस्थापन गर्न सहयोग पुर्याउँछ।
  • दीर्घकालीन स्वास्थ्य खर्चप्रति चिन्ता भएका वृद्धहरुका लागि विश्वासको बातावरण कायम गर्दछ।

ज्येष्ठ नागरिकप्रति जीवन बीमालेख बिक्रीवितरणमा देखिन सक्ने चुनौती

स्वीकृति प्रक्रिया

  • स्वास्थ्य समस्या भएका व्यक्तिलाई प्रिमियम महँगो पर्न सक्छ वा बीमा बिक्रीवितरण गर्न नपाइन पनि सक्छ। तर, विस्तृत रुपमा ज्येष्ठ नागरीकको औसत आयु स्वास्थको अवस्था आदिको अध्ययन गरेर बढीभन्दा बढी संख्यामा बीमा बेच्न सकिएमा यसबाट व्यवसाय वृद्धि हुनका साथै ज्येष्ठ नागरिकको सम्मान पनि हुन सक्छ।

अन्त्यमा

ज्येष्ठ नागरिक जीवन बीमा बजार लाभदायक मात्र होइन सेवामूलक पनि हो। यो बजारलाई प्रभावकारी रुपमा सेवा दिन उत्पादको ज्ञान, ग्राहक शिक्षा र बीमाप्रति विश्वास निर्माण अनिवार्य हुन्छ। बीमा एजेन्ट र कम्पनीहरुले यो बढ्दो समूहलाई सावधानीपूर्वक र उचित समाधानसहित जीवन बीमाका माध्यमबाट राष्ट्र र ज्येष्ठ नागरिकको सेवा गर्न सहयोग पुर्याउँदछ।

(लेखक लामिछाने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको दाबी तथा कानुन विभागका प्रमुख हुन्।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS