IME Life New

कति छ ? जीवन बीमकको प्रति शाखा औसत बीमाशुल्क संकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीको प्रति शाखा वार्षिक औसत कुल बीमाशुल्क आम्दानी ८ करोड ५३ लाख ७९ हजार रूपैयाँ देखिएको छ।

गत आर्थिक वर्ष २०८०।८१ मा जीवन बीमकले १ खर्ब ५६ अर्ब ५० करोड १२ लाख ५४ हजार रूपैयाँ बीमाशुल्क संकलन गरेका थिए। कुल बीमाशुल्कलाइ कुल शाखा संख्याले भाग गर्दा प्रति शाखा बीमाशुल्क आम्दानी ८ करोड ५३ लाख ७९ हजार रूपैयाँ देखिएको छ।

Esewa
Crest

इजाजत प्राप्त १७ जीवन बीमकको कुल १,८३३ वटा शाखा, उपशाखा कार्यालय सञ्चालनमा रहेको छ।

जीवन बीमकले बागमती प्रदेश अन्तर्गतका शाखाबाट औसत १४ करोड ३२ लाख ३४ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । कर्णाली प्रदेशबाट प्रति शाखा अाैसत ३ करोड ८७ लाख ५१ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

श्रोतः नेपाल बीमा प्राधिकरण

गत आवमा जीवन बीमकको प्रति शाखा औसत प्रथम बीमाशुल्क संकलन १ करोड ८८ लाख ३१ हजार ९४२ रूपैयाँ रह्यो। बीमकको शाखा, उपशाखा कार्यालयले औसतमा ६ करोड ६५ लाख ४७ हजार ९०१ रूपैयाँ नविकरण बीमाशुल्क संकलन गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७९।८० मा औसत कुल बीमाशुल्क संकलन ५ करोड ८ लाख २३ हजार रूपैयाँ रहेको थियो। जीवन बीमकको प्रति शाखा औसत प्रथम बीमाशुल्क संकलन १ करोड ११ लाख ५२ हजार ६४६ रूपैयाँ रहेको थियो। सो वर्ष कुल शाखा संख्या २,८०९ रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS