IME Life New

कहिलेसम्म शेयर किन्नेले गुराँस लघुवित्तको प्रस्तावित लाभांश पाउने ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश र सभा प्रयोजनका लागि कात्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक १३ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

संस्थाले आर्थिक वर्ष २०८१।८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ करोड ५८ लाख ४९ हजार ५०० रुपैयाँको कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १४.२५ प्रतिशतले हुन आउने बोनस शेयर र ०.७५ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) छन्।

Crest

सो प्रस्ताव पारित गर्न संस्थाले कात्तिक २७ गते सभा आयोजना गर्दैछ । सभा धनकुटाको धनकुटा–१ हिलेस्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले बोनस शेयर वितरणपछि संस्थाको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्त गर्नेछ। सभाले गत आर्थिक वर्षका वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS