काठमाडौं । अमेरिकी सरकारले एच–१बी भिसा लटरी प्रणाली बन्द गर्ने निर्णय गरेको छ।
अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) ले नियमहरु संशोधन गर्दैै एच–१बी भिसा लटहरी प्रणाली बन्द गर्ने निर्णय गरेको हो। यो नयाँ नियम सन् फेब्रुअरी २७ बाट लागू हुनेछ।
अमेरिकामा एच–१बी भिसा प्राप्त गर्ने प्रक्रियामा ठूलो परिवर्तन हुन लागेको छ। विभागले एच–१बी भिसाका लागि लामो समयदेखि चलिरहेको अनियमित चिठ्ठा प्रणाली खारेज गरेको छ र अब तलबमा आधारित छनोट प्रणालीलाई अन्तिम रुप दिएको छ। यसको अर्थ भाग्यले भन्दा तलब र सीपले अब एच–१बी भिसा कसले प्राप्त गर्छ भनेर निर्धारण गर्नेछ।
विभागका अनुसार वित्त वर्ष २०२७ एच–१बी क्याप रजिस्ट्रेसन सिजनमा लागू गरिनेछ। एच–१बी भिसाका लागि रजिस्ट्रेसन मार्च २०२६ मा सुरु हुने अपेक्षा गरिएको छ। जब कि छनोट भएका उम्मेदवारले २०२६ अक्टोबर १ मा रोजगारी सुरु गर्नेछन्।
अमेरिकी सरकारले एच–१बी भिसाको कुल संख्यामा कुनै परिवर्तन नभएको स्पष्ट पारेको छ। सामान्य रुपमा नियमित कोटाअन्तर्गत ६५ हजार भिसा जारी गरिनेछ। जब कि थप २० हजार भिसा अमेरिकाबाट एड्भान्स डिग्री भएकाहरुका लागि आरक्षित गरिनेछ।
नयाँ प्रणालीअन्तर्गत आवेदनहरु अब अन्धधुन्ध रुपमा चयन गरिने छैन। बरु, रोजगारदाता र तलब स्तरका आधारमा आवेदनहरुको भार निर्धारण गरिनेछ। उच्च तलब प्रस्ताव गर्ने कम्पनीहरु छनोट हुने सम्भावना बढी हुनेछ। कम तलब दिने पदहरु पनि योग्य रहनेछन्। तर तिनीहरुको छनोटको सम्भावना कम हुनेछ।
अमेरिकी सरकारले यो परिवर्तन प्रणालीको दुव्र्यवहार र डुप्लिकेट फाइलिङ रोक्नका लागि हो भनी बताउँछ। वर्षौंदेखि केही कम्पनीहरुले कम तलबमा ठूलो संख्यामा आवेदनहरु पेस गरेर लटरी प्रणालीको शोषण गरिरहेका आरोपहरु लागेका छन्।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) का प्रवक्ता म्याथ्यू ट्रागेसरले हालको एच–१बी भिसाको छनोट प्रक्रियाको दुरुपयोग भइरहेको बताए। उनका अनुसार धेरै अमेरिकी रोजगारदाताले अमेरिकी कर्मचारीलाई दिइने भन्दा कम तलबमा विदेशी कामदारलाई काममा राख्ने प्रयास गरिरहेका छन्। उनले भने, ‘नयाँ प्रणालीले अमेरिकाको श्रम बजारलाई प्रतिस्पर्धी बनाउनेछ।’


















