IME Life New
GBIME

एकल अंकमै ऋण पाउने भएपछि घर कर्जामा आकर्षण, कुन बैंकमा कति ब्याजमा पाइन्छ ऋण ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय एकल अंकको ब्याजदरमै ऋण पाइने भएपछि घरकर्जातर्फ ग्राहकको आकर्षण बढेको छ । बैंकहरूले एकल अंकमै ब्याजदर कायम गर्दा घर कर्जा लिएर घर बनाउने ग्राहकको संख्या बढ्दै गएको बैंकरहरू बताउँछन् । पछिल्लो समय सरकारले समेत निर्माण क्षेत्रतर्फको कर्जा विस्तारलाई जोड दिँदा बैंकहरूले त्यसका लागि सस्तो ब्याजदर कायम गर्दै आएका छन् ।

लगानीयोग्य रकम (तरलता) बढ्दै जाँदा घरकर्जातर्फ बैंकहरूले लगानी बढाउन थालेका हुन् । एकल अंकमा ब्याज लिने योजनासहित बैंकहरूले ग्राहकहरूलाई घर कर्जाका लागि विभिन्न अफरसमेत सार्वजनिक गर्न थालेका छन् ।

Crest

अर्थतन्त्रमा आएको सुस्ततालाई चिर्नका लागि सेयरबजार र निर्माण क्षेत्रमा कर्जा विस्तारका लागि विज्ञहरूले जोड दिइरहँदा बैंकहरू पनि त्यसतर्फ आकर्षित भएको पाइन्छ । बैंकहरूले स्थिर र एकल अंकमै कर्जा दिन थालेपछि ग्राहकहरू पनि यसतर्फ आकर्षित देखिएका छन् । जसकारण बैंकहरूको घर कर्जाको वृद्धि पनि बढ्दै गएको छ ।

कुन बैंकको कति छ ब्याजदर ?
पछिल्लो समय सरकारले समेत निर्माण क्षेत्रतर्फको कर्जा विस्तारलाई जोड दिँदा बैंकहरूले त्यसका लागि सस्तो ब्याजदर कायम गर्दै आएका छन् । बैंकहरूले एकल अंकमै ब्याजदर कायम गर्दा घर कर्जा लिएर घर बनाउने ग्राहकको संख्या बढ्दै गएको बैंकरहरू बताउँछन् । विशेषगरी अहिले कर्जा दिनका लागि बैंकहरू सहज अवस्थामा छन् ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढ्दै जाँदा घरकर्जातर्फ बैंकहरूले लगानी बढाउन थालेका छन् । एकल अंकमा ब्याज लिने योजनासहित बैंकहरूले ग्राहकहरूलाई घर कर्जाका लागि विभिन्न अफरसमेत सार्वजनिक गर्न थालेका छन् ।

अर्थतन्त्रमा आएको सुस्ततालाई चिर्नका लागि सेयरबजार र निर्माण क्षेत्रमा कर्जा विस्तारका लागि विज्ञहरूले जोड दिइरहँदा बैंकहरू पनि त्यसतर्फ आकर्षित भएको पाइन्छ । बैंकहरूले स्थिर र एकल अंकमै कर्जा दिन थालेपछि ग्राहकहरू पनि यसतर्फ आकर्षित देखिएका छन् । जसकारण बैंकहरूको घर कर्जाको वृद्धि पनि बढ्दै गएको छ ।

प्रायः वाणिज्य बैंकहरूले कर्जा अवधिभर परिवर्तन नहुने स्थिर ब्याजदरमा घर कर्जा दिइरहेका छन् । वाणिज्य बैंकहरूले लामो अवधिका लागि न्यूनतम ५.९६ प्रतिशतदेखि अधिकतम १०.५० प्रतिशतसम्म स्थिर ब्याजदरमा घरकर्जा दिइरहेका छन्् । धेरैजसो बैंकले सात वर्ष अवधिको घर कर्जामा स्थिर ब्याजदर दिइरहेका छन् । कतिपय बैंकहरूले तोकिएको ब्याजदरमा पनि विभिन्न सहुलियत अफर ल्याएका छन् ।

बैंकहरूको पछिल्लो ब्याजदर विवरण अनुसार, नेपाल बैंकले घर कर्जा सबैभन्दा कम ब्याजदरमा दिइरहेको छ । यस बैंकले न्यूनतम ५.९६ प्रतिशतदेखि अधिकतम ८.३८ प्रतिशतसम्ममा घरकर्जा दिइरहेको छ । सबैभन्दा कम नै यही ब्याजदर हो । यस बैंकले बेसरेटमा २.४२ प्रतिशत प्रिमियम जोडेर ब्याजदर तोकेको हो ।

यस्तै कृषि विकास बैंकले न्यूनतम ६.५२ र अधिकतम ८.५२ प्रतिशतसम्ममा घरकर्जा दिँदा ग्लोबल आइएमई बैंकले न्यूनतम ६.५६ प्रतिशतदेखि १०.०६ प्रतिशतसम्म ब्याजदरमा घरकर्जा दिइरहेको छ ।

घर कर्जाका लागि एभरेष्ट बैंकको न्यूनतम ब्याजदर ६.६३ देखि अधिकतम ब्याजदर ८.६३ प्रतिशत रहँदा राष्ट्रिय वाणिज्य बैंकको ७.८२ देखि १०.२५ प्रतिशतसम्म, नेपाल एसबिआई बैंकको ७.३५ प्रतिशतदेखि ९.३५ प्रतिशतसम्म, हिमालयनको ७.३८ देखि ९.३८ प्रतिशतसम्म, एनआइसी एसिया बैंकको ७.४१ देखि १०.४१ सम्म, नेपाल इन्भेष्टमेन्ट मेगाको ७.७५ देखि ९.७५ र सिटिजन्स बैंकको ७.९९ देखि ८.९९ प्रतिशतसम्मको ब्याजदर कायम छ ।

घर कर्जाका लागि ८ प्रतिशतभन्दा माथि न्यूनतम ब्याजदर हुने बैंकहरू पाँच वटा मात्रै छन् । जसमा सानिमाले न्यूनतम ८.१ देखि १०.१ प्रतिशतसम्म, लक्ष्मी सनराइजले ८.४९ देखि ११.९९ सम्म, सिद्धार्थले ८.४९ देखि ८.७५ सम्म, कुमारीले ८.५९ देखि १०.९९ प्रतिशतसम्म र प्रभु बैंकले ८.९३ प्रतिशतदेखि १०.९३ प्रतिशतसम्म ब्याजदरमा घरकर्जा दिइरहेको छ ।

यस्तै नबिल बैंकले ९.४९ प्रतिशत, एनएमबीले ९.९९ प्रतिशत र स्ट्याण्डर्ड चार्टड बैंकले १०.५ प्रतिशतको स्थिर ब्याजरमा घरकर्जा दिइरहेका छन् । प्राइम बैंकको भने घर कर्जाका लागि न्यूनतम ब्याजदर १० प्रतिशत र अधिकतम ब्याजदर १२ प्रतिशत छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS