काठमाडौं । वैश्विक क्रेडिट रेटिङ एजेन्सी, एएम बेस्टले हिमालयन रिइन्स्योरेन्स लिमिटेड (हिमालयन रि) को वित्तीय क्षमताका आधारमा साबिकको क्रेडिट रेटिङ र इस्युअर रेटिङलाई निरन्तरता दिएको छ।
वित्तीय क्षमता(क्रेडिट रेटिङ)का लागि बी+ (राम्रो) र इस्युअर रेटिङ(दीर्घकालीन जारीकर्ता मूल्याङ्कन) का लागि “त्रिपलबी-(माइनस)” (राम्रो) वर्गिकरणको एएमवेष्टले पुनः पुष्टि गरेको छ। एएम वेष्टद्वारा जारी प्रेस विज्ञप्तीमा यी क्रेडिट मूल्याङ्कन(रेटिङ) प्रतिको दृष्टिकोण स्थिर रहेको उल्लेख गरेको छ।
एएम वेष्टले सुदृढ पूँजी कोष सहितको बलियो वासलात, कारोबारमा निरन्तर वृद्धि र विविधता तथा सुनिश्चित प्रतिफलमा लगानी सहित नियामकीय प्रावधानको ओतलाई बलियो पक्ष मानेको छ। यसबाहेक नियामकीय प्रावधानमा आउन सक्ने परिवर्तन, भाैगोलिक एकाग्रता, जोखिमाङ्कनमा सीमित विविधता र अपर्याप्त सञ्चालन अनुभवलाई चुनाैतीका रूपमा औंल्याइएको छ।
प्रेस विज्ञप्ती अनुसार, यी मूल्याङ्कनहरूले हिमालयन रिको वासलात क्षमतालाई प्रतिबिम्बित गर्छ, जुन एएम बेस्टले धेरै गहनरूपमा मूल्याङ्कन गर्छ । साथै यसको पर्याप्त सञ्चालन प्रदर्शन, सीमित व्यापार प्रोफाइल र उपयुक्त उद्यम जोखिम व्यवस्थापनले पनि रेटिङलाई प्रभावित पारेको छ।
कम्पनीको वासलात क्षमता मूल्याङ्कन जोखिम-आधारित पूँजीकरण(रिस्क बेस्ड क्यापिटल) द्वारा आधारित छ। यो मूल्याङ्कन आर्थिक वर्ष २०७९।८० मा बलियो स्तरमा थियो । आर्थिक वर्ष २०२४ मा धेरै बलियो स्तरमा बढ्दै औसतभन्दा माथि रहने अनुमान गरिएको छ। यसको मापन पूँजी पर्याप्तता अनुपातद्वारा गरिएको छ।
जनवरी २०२४ मा आइपिओ सूचीकरणद्वारा समर्थित अपरिस्कृत वित्तीय विवरणको आधारमा, शेयरधारकको पूँजी कोष आर्थिक वर्ष २०८०।८१ मा १९४ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७९।८० मा कुल ७ अर्ब ९० करोड रूपैयाँ रहेकोमा गत आर्थिक वर्षमा करिब १५ अर्ब ३० करोड रूपैयाँ पुगेको छ।
कम्पनीसँग न्यून देखि मध्यम स्तरसम्मको जोखिमयुक्त लगानी विविधिकरण छ। यो मध्ये अधिकांश नगद र मुद्दती निक्षेपहरूमा विनियोजन गरिएको छ। बाँकी विशेष गरी स्थिर- प्रतिफल प्राप्त हुने धितोपत्र र सार्वजनिक शेयरहरूमा छ।
एएम बेष्टको धारणाः
एएम बेष्टले कम्पनीको सञ्चालन प्रदर्शनलाई अपर्याप्त मानेको छ। हिमालयन रिले यसको स्थापनादेखि नै निरन्तर सकारात्मक सञ्चालन आम्दानी उत्पन्न गरेको छ। सेप्टेम्बर २०२४ मा बाढीको घटना भए पनि, कम्पनीले आर्थिक वर्ष २०२४ मा सकारात्मक जोखिमाङ्कन मार्जिन हासिल गर्ने अपेक्षा गरिएको छ। व्यापार विस्तारसँगै कम्पनीको खर्च अनुपात क्रमशः घटेको छ। सम्भावित जोखिमाङ्कन कार्यसम्पादन कम्पनीको राम्रो गुणस्तरको घरेलु व्यवसाय स्रोत गर्ने क्षमतामा धेरै निर्भर हुनेछ। लगानी प्रतिफल, मुख्यतया ब्याज आम्दानीबाट, मध्यम अवधिमा आम्दानीको प्रमुख चालक रहने अपेक्षा गरिएको छ।
हिमालयन रिको व्यवसाय प्रोफाइल सीमित रूपमा मूल्याङ्कन गरिएको छ। हिमालयन रि एक घरेलु पुनर्बीमा कम्पनी हो, जुन जुलाई २०२१ मा नेपाल बजारमा स्थापित भएको थियो। यसले २०२२ मा स्वीकृत अनिवार्य घरेलु पुनर्बीमा सम्बन्धित प्रावधानबाट लाभ पाई रहेको छ। यस अन्तर्गत गत आर्थिक वर्ष २०८०।८१ मा ८ प्रतिशत डाइरेक्ट सेशन र पुनर्बीमा सन्धिवापतको न्यूनतम १५ प्रतिशत अंश समावेश छ। कम्पनीले घरेलु पुनर्बीमकलाई घरेलु फ्याक्लटेटिभ पुनर्बीमा व्यवसाय अस्वीकार गर्ने पहिलो अधिकारबाट पनि लाभ उठाएको छ।
एएम बेस्टले कम्पनीको प्रारम्भिक वर्षहरूमा नियामक समर्थन परिपक्व हुँदै जाँदा यसको रणनीतिक वृद्धि उद्देश्यहरूको लागि अनुकूल हुने ठानेको छ। समयसँगै अनिवार्य घरेलु पुनर्बीमा कटौती अनुपातमा अपेक्षित गिरावटका बावजुद, हिमालयन रिको प्रारम्भिक वर्षहरूमा नियामक समर्थन परिपक्व हुँदै जाँदा यसको रणनीतिक वृद्धि उद्देश्यहरूको लागि अनुकूल हुने ठानिन्छ।
अन्डरराइटिङ विविधिकरणले सम्पत्ति र इन्जिनियरिङ जोखिमहरूतर्फ कम्पनीको व्यापार एकाग्रता कायम रहने एएम वेष्टको अपेक्षा छ। यसबाहेक, हिमालयन रिले जोखिमाङ्कनका लागि भाैगोलिक विविधिकरणमा जोड दिए पनि अहिले अधिकांश जोखिम बहनमा नेपालको भौगोलिक एकाग्रता छ।