IME Life New

सरकारको लाचारीपनः भन्छ-‘प्रदर्शनका आयोजक स्वयं नै आपराधिक घटनाको पूर्ण रुपमा जिम्मेवार’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आज भएको राजावादी र गणतन्त्रवादी आन्दोलनमा आफ्नो लाचारपन देखाएको छ। सरकारले आजको घटनाको भएका आपराधिक घटनाको जिम्मेवारी स्वयं प्रदर्शनकारी नै भएको भन्दै आफ्नो लाचारीपन प्रकट गरेको छ।

काठमाडौंको तीनकुनेमा आज राजावादीहरुको प्रदर्शनले अराजक रुपमा लियो। ठाउँ–ठाउँमा आगजनी, तोडफोड अनि लुटपाट भयो। त्यही क्रममा एभिन्युजका भिडियो पत्रकार सुरेश रजकले अकालमा ज्यान गुमाउनु परेको छ।

Esewa
Crest

परिस्थिति यस्तो हुँदाहुँदै पनि गृह मन्त्रालयले भने एउटा विज्ञप्ति जारी गरेर यो सबै घटनाको जिम्मेवारी प्रदर्शनकारी स्वयं हुनुपर्ने भन्नुले राज्यको लाचारीपन प्रस्ट देखिन्छ। पूर्वनिर्धारित कार्यक्रमलाई मध्यानजर गरेर अपनाउनुपर्ने सवाधानीलाई हल्का रुपमा लिएको सरकारकै कारण आज एकजना पत्रकार ज्यान गुमाउनु परेको छ भने ठूलो भौतिक क्षति भएको छ। लुटपट मच्चिएको छ।

गृह मन्त्रालय जारी गरेको विज्ञप्तिमा आज पूर्वराजाका समर्थकहरुद्वारा आयोजित प्रदर्शनका क्रममा काठमाडौंको तीनकुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता र बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गर्दै भएको हिंसात्मक प्रदर्शनप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। यसका लागि सरकारले किन पूर्वतयारी गरेन भन्ने अनुमान आमजनताले गर्न सक्छन्।

व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत यातायातका साधनहरुमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटना गैरकानुनी तथा घोर भत्र्सनायोग्य रहेका छन्। यस्ता हिंसात्मक एवं आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजक स्वयं नै पूर्ण रुपमा जिम्मेवार छन् । यसले सरकारले आन्दोलनको मूकदर्शक बन्ने र घटना भएपछि भत्र्सना गर्ने परिपाटी रहेको प्रस्ट हुन्छ।

विज्ञप्तिमा संविधानले सबै वर्ग, जाति, भाषा, लिंग, क्षेत्र र धार्मिक अधिकारको संरक्षण गर्दै लोकतान्त्रिक शासन व्यवस्थाको उच्चतम उपयोग गर्ने मार्ग प्रशस्त गरेकै उल्लेख छ। ‘शान्तिपूर्ण तरिकाले विचार प्रकट गर्ने लोकतान्त्रिक विधिको सट्टा हिंसापूर्ण एवं अराजनीतिक खालका गतिविधिबाट कोही कसैको भलाई हुँदैन’, विज्ञप्तिमा भनिएको छ, ‘अतः यस प्रकारका अमानवीय र गैरकानुनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई हार्दिक अपिल गर्दै कानुनको उल्लंघन गर्ने जोसुकैलाई पनि कानूनको दायरामा ल्याई विधिको शासन स्थापित गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको व्यहोरा अनुरोध छ।’

गृह मन्त्रालयको यो प्रतिबद्धता कत्तिको पूरा होला ? तर, एउटा भिडियो पत्राकारले गुमाउनुपरेको ज्यानको जिम्मेवार सरकार नै रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS