काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ३९ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३ हजार ९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३१ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।

















