काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३९ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ ८५ हजार रुपैयाँमा कारोबार भचइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो सुन १ लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । यससँगै चाँदी प्रतितोला १९ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो चाँदी प्रतितोला १९ सय रुपैयाँमा किनबेच भएको थियो ।