IME Life New

ग्यास बचतको स्मार्ट उपाय बन्दै गोदरेज माइक्रोवेभ ओभन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय अन्तर्राष्ट्रिय ऊर्जा बजारमा देखिएको उतारचढावका कारण खाना पकाउने एलपीजी ग्यासको मूल्य र आपूर्तिबारे विभिन्न चर्चा भइरहेका छन् । नेपालजस्तो आयातमा निर्भर देशका लागि ऊर्जा स्रोतको दक्ष प्रयोग झन् महत्त्वपूर्ण बन्दै गएको अवस्थामा धेरै घरपरिवारले ग्यासको प्रयोग कम गर्दै वैकल्पिक तथा स्मार्ट भान्सा उपकरणतर्फ ध्यान दिन थालेका छन् ।

यही परिवेशमा माइक्रोवेभ ओभन नेपाली शहरी भान्सामा ग्यास बचत गर्ने उपयोगी विकल्पका रूपमा लोकप्रिय हुँदै गएको छ । माइक्रोवेभ प्रविधिबाट खाना छिटो पकाउन सकिने भएकाले नास्ता, स्न्याक्स, बेकिङ तथा विभिन्न परिकार तयार गर्न ग्यासको प्रयोग घटाउन सहयोग पुग्ने प्रयोगकर्ताहरु बताउँछन् ।

Esewa
Crest

ललितपुरमा बस्ने र एक निजी बैंकमा कार्यरत स्मिता अधिकारीका लागि माइक्रोवेभ ओभन अहिले दैनिक भान्साको महत्त्वपूर्ण हिस्सा बनेको छ । व्यस्त कामकाजी जीवनशैलीका कारण बिहान–बेलुका धेरै समय भान्सामा खर्च गर्न गाह्रो हुने उनी बताउँछिन् ।

अफिस जानुअघि छिटो नास्ता बनाउनुपर्छ, बेलुका घर फर्किएपछि पनि धेरै समय हुँदैन, उनी भन्छिन् । माइक्रोवेभ ओभन भएपछि खाना, बेक्ड डिस, स्न्याक्स वा अन्य परिकार छिटो पकाउन सकिन्छ । यसले समय बचत गर्नुका साथै ग्यासको प्रयोग पनि धेरै घटाएको छ ।

उनका अनुसार अहिले घरमा दैनिक पकाइने धेरै परिकार माइक्रोवेभमै तयार हुने भएकाले ग्यासको प्रयोग पहिलेको तुलनामा निकै कम भएको छ । माइक्रोवेभ ओभनमा दाल, भातजस्ता दैनिक नेपाली परिकार पकाउनेदेखि लिएर तरकारी, स्न्याक्स, बेकिङ तथा विभिन्न नयाँ परिकार तयार गर्नसमेत सजिलै सकिने भएकाले यो उपकरण आधुनिक भान्साको उपयोगी बन्न थालेको छ ।

कम्पनीका अनुसार नेपालमा गोदरेज माइक्रोवेभ ओभन विभिन्न मोडेल र क्षमतामा उपलब्ध छन् । सोलो, ग्रील र कन्भेक्सनजस्ता विकल्पमा उपलब्ध यी माइक्रोवेभहरू २० लिटर, २३ लिटर र २८ लिटर क्षमतामा पाइन्छन् । इन्स्टाकुक रेसिपी मेनु, मल्टि–डिस्ट्रिब्युसन हिटिङ सिस्टम, अटो कुकिङ मेनु, डुअल ग्रील टेक्नोलोजी तथा डिफ्रस्ट फङ्‌क्सनजस्ता सुविधाले प्रयोगकर्तालाई विभिन्न परिकार सजिलै पकाउन सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS