IME Life New

ग्लोबल मनी विकः भिजन सेक्युरिटिजको वित्तीय साक्षरता र धितोपत्र कारोबारसम्बन्धी कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल मनी विकका अवसरमा भिजन सेक्युरिटिजले चैत ४ गतेदेखि १० गतेसम्म वित्तीय साक्षरता र धितोपत्र कारोबारसम्बन्धी विविध कार्यक्रम गरेको छ।

विश्वव्यापी रुपमा भइरहेको यस अभियानअन्तर्गत भिजन सेक्युरिटिजले नेपाल धितोपत्र बोर्डले तयार गरेको कार्यतालिकाभित्र रही स्टक ब्रोकर एसोसिएसन अफ नेपालको सहयोगमा आफ्ना ११ वटै शाखा रहेको स्थानमा वित्तीय साक्षरता तथा धितोपत्र कारोबारसम्बन्धी कार्यक्रमहरुको आयोजना गरेको हो। स्टक ब्रोकर एसोसिएसन अफ नेपालले उपलब्ध गराएको पाठ्यसामग्रीका आधारमा यस वर्षको ग्लोबल मनी विकको नाराअनुसार बालबालिका तथा युवावर्गलाई लक्षित गरी सामुदायिक विद्यालय, निजी विद्यालय तथा क्याम्पसमा कार्यक्रमको आयोजना गरिएको भिजन सेक्युरिटिजले जनाएको छ।

Esewa
Crest

चैत ५ गते सनसाइन कलेज भैरहवा, चैत्र ७ गते इलाम एजुकेसन फाउन्डेसन (मोर्डन क्याम्पस) इलाम, चैत्र ८ गते सनराइज बोर्डिङ स्कुल चन्द्रौटा, शुभश्री एजुकेसनल इन्स्टिच्युट पोखरा, ग्यालेक्सी मल्टीपल क्याम्पस धनगढी, गुन्डु इंग्लिस सेकेन्डरी स्कुल सूर्यविनायक, एडेप्ट कलेज एन्ड टेक्निकल म्यानेजमेन्ट कावासोती तथा चैत १० गते वेदास कलेज कुमारीपाटी ललितपुर, आदर्श विद्या मन्दिर स्कुल तथा कलेज बनेपा, युनी एजुकेसन इन्स्टिच्युट दमौली र म्याग्दी वहुमुखी क्याम्पस बेनीमा वित्तीय साक्षरता तथा धितोपत्र कारोवारसम्बन्धी कार्यक्रम गरिएको भिजन सेक्युरिटिजले जनाएको छ।

भिजन सेक्युरिटिजले धितोपत्र कारोबारको विकास तथा विस्तारका लागि उपत्यका वाहिर ९ वटा तथा उपत्यकाभित्र ३ वटा गरी जम्मा १२ स्थानमा शाखाहरु विस्तार गरी सेवा प्रवाह गर्दै आइरहेको छ। नियामक निकाय धितोपत्र बोर्डको कार्यक्रम तालिकाअन्र्तगत एक शाखा एक कार्यक्रम गर्ने निर्णयअनुसार ती कार्यक्रमहरु समापन गरिएको कम्पनीले जनाएको छ।

आगामी दिनमा समेत यस प्रकारका कार्यक्रममा सहभागी भई धितोपत्र बजारका विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउन तत्पर रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS