काठमाडौं । घरजग्गा कर्जाको मागमा सामान्य सुधार आएको देखिएको छ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिना फागुनसम्मको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार फागुनसम्म घरजग्गामा बैंकहरुबाट २ खर्ब ९० अर्ब २२ करोड २८ लाख रुपैयाँ कर्जा गएको छ। जुन गत असार मसान्तसम्मको तुलनामा ८.२ प्रतिशतले बढी हो। गत असार मसान्तसम्म बैंकहरुले घरजग्गामा २ खर्ब ६८ अर्ब १२ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
फागुनसम्म आवासीय व्यक्तिगत घर कर्जाको माग ४.४ प्रतिशतले बढेको छ। गत असार मसान्तसम्म यो शीर्षकमा बैंकहरुले ३ खर्ब ८७ अर्ब १ करोड ६१ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा फागुन मसान्तसम्म बढेर ४ खर्ब ३ अर्ब ८८ करोड ५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
राष्ट्र बैंकको प्रवाधानअनुसार बैंकहरुले आवासीय व्यक्तिगत घर कर्जा अधिकतममा २ करोड रुपैयाँसम्म प्रवाह गर्न पाउँछन्।