काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणले मंसिर ४ गते बिहीबार परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ । सो परीक्षा विहरुबार दिउँसो २ बजेबाट ३ः३० बजेसम्म सञ्चालन हुनेछ ।
बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताको परीक्षा लिएर मात्रै इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षामा देशैभरीबाट सहभागी हुन सकिने जनाइएको छ ।


















