काठमाडौं । इमर्जिङ नेपालका आधारभूत शेयरधनीहरुले साढे ८ लाख बढी कित्ता शेयर बिक्री गर्ने भएका छन्।
कम्पनीका ६ आधारभूत शेयरधनीहरुले आफू धारण गरेको ८ लाख ५७ हजार ५३९ कित्ता शेयर बेच्ने भएको हुन्। यो शेयर उनीहरुले आगामी ३ महिनाभित्र बेच्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार आधारभूत शेयरधनीहरुले कुनै पनि कम्पनीका ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुभन्दा १५ दिन अगावै जानकारी गराउनुपर्ने प्रावधान रहेको छ। सोही प्रावधानबमोजिम कम्पनीले आज एक सूचना जारी गर्दैै आधारभूत शेयरधनीहरुले शेयर बेच्न लागेको जानकारी गराएको हो।












