काठमाडौं । नेपाल प्रहरीका निवर्तमान आईजीपीचन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ।
गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले आजदेखि सेवा निवृत्त भएका खापुङलाई विदेश जान रोक लगाएको हो। आयोगको आजै बसेको बैठकले सेवानिवृत्तलगत्तै खापुङलाई देश छाड्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
यसैगरी आयोगको अनुमतिबिना खापुङ काठमाडौं उपत्यका पनि छाडेर बाहिर जान नपाउने निर्णय भएको छ।
सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले जेनजी पुस्ताको आन्दोलनका घटनाबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग बनाएको छ। आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि आयोगको अनुमतिबिना काठमाडौं नछाड्न भनेको छ।


















