IME Life New

नाडा अटो शो २०२५ मा फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स सार्वजनिक हुने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले प्राकृतिक विपद् र अप्रत्याशित चुनौतीहरूलाई पार गर्दै भविष्यको मोबिलिटी प्रतीक डिपाल फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स काठमाडौंमा सफलतापूर्वक ल्याएको छ। यी अति उच्च प्रविधिहरू नेपालमा पहिलोपटक सार्वजनिक प्रदर्शनका लागि तयार भएका छन् । नाडा अटो शो २०२५ मार्फत यी नवीन प्रविधिहरूलाई दर्शकहरूले प्रत्यक्ष अनुभव गर्नेछन् ।

नाडाले यो कदमलाई नेपालको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाणका रूपमा प्रस्तुत गरेको छ । १७औं संस्करणको नाडा अटो शो केवल एक प्रदर्शनी मात्र नभई नेपालमा प्रविधिको नयाँ सम्भावनाहरू उद्घाटन गर्ने ऐतिहासिक अवसर भएको बताइएको छ । यो शो २०८२ भदौ ३ देखि ८ गतेसम्म (१९–२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुनेछ ।

Crest

तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अन्य चुनौतीहरूका बाबजुद यी प्रविधिहरूलाई सुरक्षित रूपमा काठमाडौं ल्याउनुले नाडाको प्रतिबद्धता र संगठनको क्षमतालाई उजागर गरेको छ ।

डिपाल फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्सले नेपालमा अटोमोबाइल र प्रविधि क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ । नाडाले सम्पूर्ण नेपालीलाई यो ऐतिहासिक क्षणको साक्षी बन्न भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा सहभागी हुन आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS