IME Life New

बैंकहरुको मुद्दति निक्षेपमा रु. २ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा २ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि कात्तिक १८ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

Crest

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब ८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ३९ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी सन् २०२५ नोभेम्बर ९ देखि २०२६ नोभेम्बर ९ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS