IME Life New

विश्वकै खुसी देश फिनल्यान्ड, नेपालको अवस्था कस्तो ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । फिनल्यान्ड फेरि विश्वकै खुसी देश बन्न सफल भएको छ। हरेक वर्ष सार्वजनिक हुने वर्ल्ड ह्याप्पिनेस रिपोर्टमा फिनल्यान्ड फेरि विश्वकै खुसी देश बन्न सफल भएको हो। फिनल्यान्ड लगातार ८ वर्षदेखि विश्वकै खुसी बन्न सफल भएको छ।

विश्वस्तरमा खुसीको स्तर निर्धारण गर्न धेरै कुरालाई ध्यानमा राखिन्छ। जसमा जनताको स्वतन्त्रता, स्वास्थ्य, भ्रष्टाचार, आम्दानी आदि पर्दछन् । यो प्रतिवेदन तयार गर्दा सामाजिक सुरक्षा, स्वास्थ्य, आय, स्वतन्त्रता, जनतामा उदारताको भावना र भ्रष्टाचार नहुने गरी मुख्यतया ६ कुरालाई ध्यानमा राखिएको छ । मानिसलाई खुसी बनाउन यी सबै कुरा आवश्यक हुन्छ । यी सबै कुरा पूरा गर्ने र धेरै अंक ल्याउने देशलाई खुसी र कम अंक ल्याउने देशलाई सबैभन्दा दुःखी देश मानिन्छ।

Crest

विश्वकै दोस्रो खुसी देश डेनमार्क बन्न सफल भएको छ। डेनमार्कपछि शीर्ष १० भित्र आइसल्यान्ड, स्विडेन, नेदरल्यान्ड्स, कोस्टारिका, नरवे, इजरायल, लग्जम्बर्ग र मेक्सिको रहेका छन्।

वर्ल्ड ह्याप्पिनेस रिपोर्टमा १४७ वटा मुलुकलाई समेटिएको छ। यो सूचीमा नेपाल ९२ औँ स्थानमा रहेको छ। नेपालपछि पाकिस्तान १०९ औँ स्थानमा, भारत ११८ औँ स्थानमा र श्रीलंका १३३ औँ स्थानमा छन्।

छिमेकी मुलुक चीन ६८ औँ स्थानमा रहँदा विश्वकै ठूलो अर्थतन्त्र अमेरिका २४ औँ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS