IME Life New

९० मेगावाटको मर्स्याङ्दी जलविद्युत आयोजनाका लागि वित्तीय श्रोत जुट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एम. ए. पावर प्राइभेट लिमिटेडले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदीको अर्द्ध जलाशययुक्त जलविद्युत् आयोजनाको लागि वित्तीय श्रोत जुटेको छ।

गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा निर्माण गरिने परियोजनाका लागि कुमारी बैक लिमिटेडको अगुवाईमा बुधबार लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

Esewa
Crest
लगानी सम्झौता एम. ए. पावर प्रा. लि.का अध्यक्ष अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा ऋण सम्झाैतामा हस्ताक्षर भएको हो। यो परियोजनामा कुमारी बैक लिमिटेड, प्रभु बैक लिमिटेड, सिद्धार्थ बैक लिमिटेड, कृषि विकास बैक लिमिटेड, सानिमा बैंक लिमिटेड, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको रु. १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानी हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS