IME Life New

नक्कली बिरामी र फर्जी उपचार ! दक्षिण कोरियामा बीमाको करोडौँं रकम झ्वाम

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण कोरियाको बुसान सहरमा तथाकथित नक्कली बिरामी र अस्पताल कागजात पेस गरेर बीमाको करोडौँ रकम झ्वाम पारेको घटना सार्वजनिक भएको हो। यो बीमा धोकाधडीमा संलग्न गिरोहका केही सदस्यलाई बुसान प्रहरीले पक्राउ गरेपछि घटना बाहिर आएको हो।

बुसान महानगरीय प्रहरी एजेन्सीको आपराधिक अनुसन्धान इकाइले आज नोभेम्बर २६ मा यो गिरोहका मुख्य अभियुक्त २० वर्षीय युवकसहित १३ जनालाई बीमा ठगी रोकथाम ऐन उल्लंघनको आरोपमा अदालतमा मुद्दा दायर गरेको छ। यस घटनामा संलग्न ३० वर्षीय युवकसहित ६८ नक्कली बिरामीलाई प्रहरी हिरासतमा राखिएको छ।

Crest

मुख्य अभियुक्त र उनका सहयोगीले गत वर्ष सेप्टेम्बरदेखि यो वर्षको मे महिनासम्म नक्कली बिरामी खडा गरी अस्पतालहरु फर्जी कागजपत्र चिकित्सा खर्च बिल गरी बीमा कम्पनीहरुबाट लगभग ३० करोड कोरियाली वन (लगभग २ करोड ९१ लाख रुपैयाँ)को बीमा भुक्तानी दाबी लिएको आशंका गरिएको छ।

गिरोहले ‘हेड्स क्याफे’ नामक अवैध र उच्च–भुक्तानी गर्ने फर्जी जागिर प्लेटफर्ममार्फत नक्कली बिरामीका लागि भर्ती विज्ञापन पोस्ट गर्दै आएको थियो। जब तत्काल नगदको आवश्यकता पर्ने व्यक्तिले यो गिरोहलाई सम्पर्क गर्थे तब गिरोहले उनीहरुलाई टेलिग्राम च्याट रुममा आमन्त्रित गर्थे र बीमा भुक्तानीको ४०–५० प्रतिशत दिने वाचा गरेर लोभ्याउँथे।

पहिले गिरोहका नाइकले समूहका सदस्यलाई वैध उपचारका लागि अस्पताल पठाउँथ्यो। त्यसपछि उनीहरुले मूल निदान कागजात र चिकित्सा खर्च रसिद टेम्प्लेटका रूपमा प्रयोग गर्थे। शीर्षक, रोग र डाक्टरको नाम अपरिवर्तित राख्थे। जब कि बिरामीको नाम र बासिन्दा दर्ता नम्बर नक्कली बिरामीका नामले प्रतिस्थापन गर्थे र नक्कली कागजात सिर्जना गर्थे।

नक्कली बिरामीले प्रतिबीमा १० लाखदेखि २० लाख कोरियाली वन दाबी गरेको रिपोर्ट गरिएको छ। केही बिरामीले यो प्रक्रिया चारदेखि पाँचपटकसम्म दोहोर्याएको पाइएको बुसान प्रहरीले जनाएको छ। ‘यसले गर्दा चिकित्सा खर्चमा २० करोड कोरियाली वनभन्दा बढी रकम जम्मा भयो’, बुसान प्रहरीले भनेको छ, ‘बुसान, ग्योन्गी प्रान्तको सुवन र उत्तरी ग्योन्गसाङ प्रान्तको ग्योन्जु लगायत देशभरका कुल १० अस्पताल यस ठगीमा संलग्न थिए।’

प्रहरीले बीमा भुक्तानी कम भएको र बीमा कम्पनीहरुले दाबीको समयमा अस्पतालमा पेस गरिएका कागजातहरूको प्रामाणिकता प्रमाणित गर्न नसकेको तथ्यको फाइदा उठाएको जनाएको छ। गिरोहका नाइकले केही नक्कली बिरामीलाई मुख्य सदस्यका रूपमा पनि भर्ती गरेका थिए र उनीहरुलाई व्यवस्थापन, मध्यस्थकर्ता र भर्तीकर्ताको भूमिका तय गरेका थिए।

बुसा प्रहरीका एक अधिकारीका अनुसार यस घटनाको परिणामस्वरुप अनावश्यक बीमा भुक्तानी भयो र इमानदार बीमितको बीमा प्रिमियम बढ्यो। ‘हामी दुर्भावनापूर्ण बीमा ठगी सदस्य र विदेश भागेका वा रिपोर्ट गर्न अस्वीकार गर्ने नक्कली बिरामीलाई ट्रयाक गर्न जारी राख्ने योजनामा छौँ’, ती अधिकारीले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS