IME Life New

एभरेष्ट कलरले आइपीओ जारी गर्ने, प्रत्याभूतिकर्तामा लक्ष्मी सनराइज क्यापिटल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आईएसओ प्रमाणित कम्पनी एभरेष्ट कलरले सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । सो कार्यका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटलसँग प्रत्याभूति सम्झौता गरेको हो । कम्पनीले निकट भविष्य ७ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ ।

सम्झौतामा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुइँटेल र प्रत्याभूतिकर्ताको तर्फबाट लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले आज बुधबार हस्ताक्षर गरेका हुन् ।

Crest

एभरेष्ट कलर सहरी विकास तथा भवन निर्माण विभागको सूचीमा दर्ता भएको तथा नेपाल गुणस्तर चिह्न प्राप्ति उन्मुख रहेको कम्पनी हो ।

स्वदेशी युवाहरूको लगानीमा स्थापित कम्पनीले भौतिक संरचनामा गुणस्तरीय कलर प्रयोग गराई आयात प्रतिस्थापन गर्ने, रोजगारी सृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्‍याई देशको सेवा गर्ने उद्देश्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS