IME Life New
GBIME

एनआईसी एशिया बैंकको एटिएमबाट कार्ड बिना नै इसेवा वालेटको रकम निकाल्न सकिने

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरु तथा इसेवा वालेट प्रयोगकर्ता महानुभावहरुलाई बैंकिङ्ग कारोबार गर्न अझ बढी सरल र सहज होस् भन्ने हेतुले मुलुकभर रहेका यस बैंकका एटिएमहरुबाट इसेवा वालेटमा रहेको रकम एटिएम कार्ड बिना नै निकाल्न मिल्ने सेवाको शुरुवात गरेको छ । मुलकभर रहेका यस बैंकका ६७० एटिएमहरुबाट इसेवा वालेटमा रहेको रकम कुनै झन्झट बिनै सामान्य प्रकृयाबाट निकाल्न सकिन्छ ।

यसको निम्ती सबैभन्दा पहिला इसेवा एप लगिन गरेर Financial Payments अन्तर्गत रहेको ATM Withdrawal एनआईसी एशिया बैंक छनौट गर्नुपर्छ । अब दिएको निर्देशनअनुसार रु. १०००, रु. २०००, रु. ३०००, रु. ४००० र रु. ५००० रकम छनौट गर्दै रिमार्कस् राखेर अगाडि बढ्नु पर्छ ।

Crest

त्यसपछि इसेवा पिन राखेपछि आफ्नो मोबाइल नम्बरमा ओटीपी कोड प्राप्त हुनेछ । अब एन आई सी एशिया बैंकको एटिएममा रहेको Cardless Withdrawal अप्सनमा गएर Other Cardless र त्यसपछि इसेवा छनौट गर्नुपर्छ । यसअघि मोबाइल नम्बरमा प्राप्त ओटीपी कोड राखेर प्रोसिड गरेपछि आफ्नो रकम प्राप्त हुनेछ । हरेक दिन बढीमा ५ वटा कारोबारमा ५ हजार रुपैयाँसम्म र मासिक बढीमा ५० कारोबारमा २५ हजार रुपैयाँसम्मको रकम निकाल्न सकिने सुविधा यस सेवामा उपलब्ध रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS