IME Life New

इसेवाको ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, किस्ताबन्दीमा विद्युतीय स्कुटर किन्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक ‘Buy Now, Pay Later’ (बाइ नाउ, पे लेटर – BNPL) सेवा सार्वजनिक गरेको छ । यस सेवाअन्तर्गत अब ग्राहकहरूले इसेवा प्लेटफर्ममार्फत ग्यारो ब्रान्डको विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् ।

यस सम्बन्धमा  इसेवाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा इसेवा, रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता कम्पनी परिमिता इन्भेष्टमेन्ट प्रालिबीच त्रिपक्षीय साझेदारी पत्रमा हस्ताक्षर भएको हो । साझेदारी पत्रमा इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का, रिलायन्स फाइनान्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र परिमिता इन्भेष्टमेन्ट प्रा.लिका तर्फबाट मनन तुलाधरले हस्ताक्षर गरे ।

Esewa
Crest

यस साझेदारीअन्तर्गत ग्राहकले पारमिताका विद्युतीय स्कुटर खरिदका लागि इसेवा प्लेटफर्ममार्फत BNPL सुविधा लिन सक्ने छन्। रिलायन्स फाइनान्सले यस सुविधाअन्तर्गत वित्तीय साझेदारका रूपमा कर्जा उपलब्ध गराउनेछ भने परिमिताले विद्युतीय स्कुटर उपलब्ध गराउनेछ ।

सहज डिजिटल प्रक्रियाका साथै किस्ताबन्दी सुविधा

यस सेवाअन्तर्गत ग्राहकहरूले विद्युतीय स्कुटर खरिदका लागि सहज र डिजिटल माध्यमबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।  ग्राहकहरूले इसेवा एपबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी BNPL सुविधा लिन सक्नेछन्।

यसअन्तर्गत रिलायन्स फाइनान्सले विद्युतीय स्कुटर खरिदका लागि ग्राहकहरूलाई ९.९९ प्रतिशत ब्याजदरमा अधिकतम २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा प्रदान गर्नेछ। ग्राहकहरूले अधिकतम  ३६ महिनासम्मको सहज किस्ताबन्दीमा उक्त ऋण चुक्ता गर्न सक्ने छन् ।  यसले ग्राहकलाई एकैपटक ठुलो रकम भुक्तानी गर्नुपर्ने अवस्थालाई सहज बनाउँदै आवश्यकताअनुसार किस्तामा भुक्तानी गर्ने विकल्प प्रदान गर्नेछ ।

डिजिटल वित्तीय सेवा र विद्युतीय यातायातलाई प्रोत्साहन

इसेवाले डिजिटल प्रविधिमार्फत वित्तीय सेवाको पहुँचलाई थप सहज बनाउँदै ग्राहकका दैनिक आवश्यकताहरू पूरा गर्न विभिन्न नवीन समाधानहरू विकास गर्दै आएको छ । BNPL सेवा पनि ग्राहकलाई डिजिटल माध्यमबाट वित्तीय सेवा उपलब्ध गराउने यही प्रयासको निरन्तरता रहेको इसेवाले जनाएको छ ।

त्यस्तै, विद्युतीय स्कुटर खरिदलाई सहज बनाउने यस साझेदारीले वातावरणमैत्री यातायातको प्रयोगलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । यस साझेदारीले विद्युतीय सवारीसाधनको प्रयोगमार्फत प्रदूषण न्यूनीकरण तथा दिगो यातायात प्रवर्द्धन तथा डिजिटल अर्थतन्त्रको निर्माणमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।

यस त्रिपक्षीय साझेदारीले डिजिटल भुक्तानी, वित्तीय सेवा तथा विद्युतीय यातायात क्षेत्रबीचको सहकार्यलाई थप विस्तार गर्दै ग्राहकमैत्री नयाँ सेवाहरूको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । इसेवाले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र बदलिँदो जीवनशैलीलाई ध्यानमा राख्दै नवीन  डिजिटल  समाधानहरू विस्तार  गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS