काठमाडौं । इस्टर्न हाइड्रोपावरले आफ्नो १० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले यही असोज २९ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले कम्पनीको हाल कायम चुक्तापुँजीको १ः०.८७१ अनुपातमा अर्थात ८७.१० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले कम्पनीको रजिस्टर्ड कार्यालय रहेको ठेगाना परिवर्तन हुने हुँदा नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सोही सभाले गत आर्थिक वर्ष २०८२।८३ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।
सभा प्रयोजनका लागि कम्पनीले असोज २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २१ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।












