काठमाडौं । श्रीमानको जन्मदिनको अवसरमा श्रीमतीले बीमालेख उपहार प्रदान गरेकी छन् । पाँचथरको फालेलुङ ७ का दुर्गा देवि पोख्रेलले श्रीमान पुष्प तिम्सिनाको जन्मदिनमा १० लाख रुपैँया बीमाङ्कको बीमालेख प्रदान गरेकी हुन् ।
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको १७ औँ वार्षिक उत्सवको अवसरमा फिदिम शाखाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बीमालेख उपहार प्रदान गरिएको थियो । हिमालयन सावधिक जीवन बीमा योजना बाट वार्षिक ६१ हजार बीमाशुल्क आफैँ जम्मा गरिदिने गरी बीमा गरिदिएको पोख्रेलको भनाई छ । तिम्सिनाले यस अघी ४१ लाख बीमाङ्कको बीमा गरेका थिए । यो बमिाङ्क सँगै तिम्सिनाको ५१ लाख बीमाङ्कको बीमा भएको शाखा प्रमुख ओम खतिवडाले जानकारी दिए ।

















