IME Life New
GBIME

भुलेर पनि नगरौँ कारका यी १० वार्निङ सिग्नलको बेवास्ता, निम्तिन सक्छ ठूलो दुर्घटना

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कारका लागि बाहिरी भागजत्तिकै भित्री भाग पनि उत्तिकै महत्वपूर्ण छ। कारको क्याबिनमा इन्फोटेनमेन्ट सिस्टम उपलब्ध हुन्छ। जसमा धेरै फिचर पाउन सकिन्छ। कारको क्याबिनमा ड्यासबोर्ड प्रदान गरिएको हुन्छ। दुवै इन्फोटेनमेन्ट सिस्टम र ड्राइभर डिस्प्ले ड्यासबोर्डमा उपलब्ध छन्। तर दुवैले फरक तरिकाले काम गर्छन्।

ड्यासबोर्डमा धेरै जानकारी उपलब्ध हुन्छन्ः जस्तै इन्धन सूचक, इन्जिनको तापक्रम आदि। त्यसमाथि ड्यासबोर्डमा कारमा कुन क्षेत्रमा खराबी भइरहेको देखाउने सूचक पनि हुन्छ। यदि यी सूचक पालना गरिएन भने भविष्यमा खतरा हुन सक्छ। यहाँ हामी १० यस्ता कोर वार्निङ सिग्नलबारे जानकारी दिन गइरहेका छौँ, जसको बेवास्ता गर्दा ठूलो दुर्घटना हुन सक्छ।

Crest

इन्जिन टेम्प्रेचर वार्निङ लाइट

यदि तपाइँले ड्यासबोर्डमा इन्जिन टेम्प्रेचर वार्निङ लाइट आइकन देख्नुभयो भने यसको मतलब तपाइँको कारको इन्जिन बढी ततिरहेको छ र तपाइँले यसलाई तुरुन्तै बन्द गर्नुपर्छ।

टायर प्रेसर वार्निङ लाइट

ड्यासबोर्डमा उम्लिरहेको प्यानजस्तो आइकन देखा पर्नेछ। यदि यो आइकन देखिनेछ भने यसको मतलब तपाइँको कारको एक वा बढी टायरमा प्रेसर कम छ भन्ने संकेत गर्छ।

आयल प्रेसर वार्निङ

यो वार्निङका लागि एक जादुयी चिरागजस्तो आइकन देखा पर्दछ। यो आइकनको मतलब कारमा तेलको प्रेसर कम छ। यदि तपाइँले यसलाई बेवास्ता गर्नुभयो भने यसले गाडीको इन्जिनमा ठूलो क्षति पुर्याउन सक्छ।

ट्रयाक्सन नियन्त्रण

यो लाइटले कारको ट्रयाक्सन कन्ट्रोल सिस्टममा गडबडी हुन सक्छ भनी बताउँछ। यसले ढलानमा वा खराब अवस्थाको बाटोमा गाडी नियन्त्रण गर्ने क्षमतालाई असर गर्न सक्छ।

इन्जिन वार्निङ

ड्यासबोर्डमा पनडुब्बीजस्तो आइकन देखिन्छ। यो वार्निङले लाइटका थुप्रै समस्यालाई संकेत गर्छ। यसमा इन्जिनको समस्या पनि पनि समावेश हुन्छ।

एन्टी–लक ब्रेक वार्निङ

यदि यो आइकन ड्यासबोर्डमा देखिन्छ भने यसको मतलब तपाइँको कारको एन्टी–लक ब्रेकिङ प्रणालीमा समस्या छ। यदि यो क्षतिग्रस्त भयो भने सुरक्षित रुपमा ब्रेक लगाउने क्षमता प्रभावित हुन सक्छ।

ब्याट्री अलर्ट

यदि ब्याट्री अलर्ट आइकन देखियो भने यसको मतलब कारको ब्याट्री बिग्रिएको छ। यसकारण कार स्टार्ट गर्न र ड्राइभ गर्दा रोकिन पनि सक्छ।

इन्धन इन्डिकेटर सिम्बल

यो सिम्बलले तपाइँको कारको इन्धन ट्यांकीमा कति पेट्रोल वा डिजेल बाँकी छ भनी बताउँछ। यदि यो चिह्न सुन्तला वा पहेँलो रङको छ भने यसको मतलब कारमा धेरै कम इन्धन छ।

सिट बेल्ट रिमाइन्डर लाइट

यो लाइटले चालक र सहयात्रीलाई सिट बेल्ट लगाउन सम्झाउँछ। यदि यो आइकन बेल्ट लगाएर पनि आउँदैछ भने यसको मतलब कारको सिटबेल्ट सेन्सरले काम गरिरहेको छैन। यसमा केही गल्ती हुन सक्छ।

क्रुज कन्ट्रोल इन्डिकेटर

क्रुज कन्ट्रोल सक्रिय हुँदा र प्रयोगमा हुँदा क्रुज कन्ट्रोल इन्डिकेटर देखिन्छ। यदि बत्ती बलेको छ भने यो सिस्टममा त्रुटि रहेको संकेत गर्छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS