काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले आफूलाई माननीय नभन्न आग्रह गरेका छन्।
सपथ लिएपछि अर्थ मन्त्रालय पदभार ग्रहण गर्ने क्रममा नवनियुक्त अर्थमन्त्री खनालले यस्तो आग्रह गरेका हुन्। ‘मलाई माननीय नभन्नुहोला’, उनले भने।
खनालले मन्त्री पदमा रहँदा तलब, गाडी तथा मन्त्री क्वार्टर सुविधा नलिने पनि घोषणा गरिसकेका छन्। अर्थमन्त्रीका रुपमा खनालले पूर्वतयारी नभएका र प्राथमिकतामा नपरेका टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन्।

















